नेपाल प्रहरीका ९४ जना ईन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस सुचीसहित


काठमाण्डौ– प्रहरी मुख्यालयले नेपाल प्रहरीका ९४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल नेतृत्वको बढुवा समितिले प्रहरीमा रिक्त डिएसपी पदमा ९४ इन्स्पेक्टरलाई सोमवार राती बढुवा सिफारीस गर्ने निर्णय गरेको हो ।

उक्त बढुवामा २०६२ भदौ २३ मा प्रहरी निरीक्षकमा भर्ना भएका रुगम कुवर, धर्मराज भण्डारी, रुपक खड्का, भेषराज रिजाल, डिल्लीनारायण पाण्डे, लालध्वज सुवेदी,श्रीराम भण्डारी, नवीन कार्की, गङ्गा बहादुर थापा, कुमारबिक्रम थापा, भुवनेश्वर साह, मोहन खाँड, सागर बोहरा, डम्बर केसी र प्रकाश सापकोटा समेतको नाम सिफारिस भएको छ ।

 

त्यस्तै इन्स्पेक्टर भण्डारीसंगै २०६२ फागुन २३ मा प्रहरी निरीक्षक बनेका केशव भट्टराई, श्यामु अर्याल,  दिपक भारती, जितेन्द्र बस्नेत र बुद्द श्रेष्ठलाई पनि डीएसपीमा सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement