मंगलबार पनि सेयर बजारमा पहिरो


काठमाण्डु सेयर बजार नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन गत आइतबार करिब ९५ अंकले उकालो लागेको नेप्से त्यसपछिका दुई दिन सोमबार र मंगलबार भने निरन्तर ओरालो लागेको हो । सोमबार नेप्से २३ अंक घटेको थियो भने मंगलबार ११ दशमलव ८२ अंक घटेको छ ।

आज नेप्से परिसूचक ०.६१ प्रतिशत घटेर १ हजार ९२१ बिन्दुमा बन्द भएको हो । आज कारोबारमा आएका २३० धितोपत्रको ३० लाख ३७ हजार ६८० कित्ता कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ र जीवन बिमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement