सेयर बजारमा पहिरो, नेप्से ४५ अंकले घट्यो


काठमाण्डु- सेयर बजार करिब ४५ अ‌ंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे दिन बढेकाे सेयर बजार तेस्राे दिन म‌ंगलबार ओरालाे लागेकाे हाे । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ । साेमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा मंगलबार २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो । गणपति लघुवित्त कम्पनीको सेयर करिब सात प्रतिशतले घटेको छ ।

रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको सेयर नाै प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement