नेप्से १४ अङ्कले बढ्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्से मङ्गलवार उकालो लागेको छ । आज नेप्से १३.८३ अङ्कले उकालो लागेर २७१२.०७ विन्दुमा कायम भएको छ ।

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उकालो लागेको छ । आज दुई सय २३ कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज मनकामना स्मार्ट लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement