काठमाण्डु – सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। अघिल्लो मंगलबार र आइतबार बढेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.२३, फ्लोट इण्डेक्स ०.२९ र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।
नेप्से बढेपनि कारोबार रकम घटेको छ। आइतबार करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज दुई स्टक उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इजर्नी डेभलपमेन्ट कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । दुई स्टक ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयरमा नकारात्मक सर्किट लाग्यो ।
कारोबार रकमका आधारमा यस दिन पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । कम्पनीको यस दिन ३५ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भयो ।
१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढ्यो भने ६ उपसमूहको परिसूचक घट्यो ।
प्रतिक्रिया