काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरिएको छ । मंगलबार सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
नेप्सेको प्रमुख कार्यकारी बन्नका लागि उम्मेदवारको शैक्षिक तथा पेसागत पृष्ठभूमि उच्च हुनुपर्ने प्रावधान राखिएको छ ।
उम्मेदवारसँग पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्नेछ । जसमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।
उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा आवेदन दर्ता गराउनुपर्नेछ ।





प्रतिक्रिया