नेप्सेकाे सीईओमा पाँच जना छनोट, आइतबार अन्तर्वार्ता


काठमाण्डु – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम छनोट गरिएको छ । प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाले आवेदन दिएका थिए ।

समितिले छनोटमा परेका पाँच जनालाई अन्तर्वार्ताका लागि आइतबार बोलाएको छ । छनोटमा पर्नेहरुमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारी रहेका छन् ।

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement