सेयर बजारमा उछाल-नेप्से ६९ अंकले बढ्यो


काठमाण्डु- साताको पहिलो कारोबार दिन आइतकार सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले उकालो लागेको छ ।  आज नेप्से सो अंकले उकालो लागेर २ हजार ९२६.७४ बिन्दुमा कायम भएको छ ।

आज नेप्से २.४१ प्रतिशतले उकालो लागेको हो । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले उकालो लागेर ५४२.६३ बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ को कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement