शेयर बजारको उकालो यात्रा रोकियो, नेप्से ११ अंकले घट्यो


काठमाण्डु –शेयर बजार मंगलबार ओरालो लागेको छ । पुस १६ गतेदेखि बढ्न थालेको नेप्से आज १० दशमलव ७८ अंकले ओरालो लागेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा कायम भएको छ ।

आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह एक सय ९८ र निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अंकले ओरालो लागेको छ । आज बैंकिङ समूहको शेयर भने २२ अंकले उकालो लागेको छ ।

आज एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement