इजरायलमा नेतान्याहुको सरकार ढल्यो,२ वर्षमा चौथो पटक निर्वाचन हुंदै


एजेन्सी– इजरायलमा प्रधानमन्त्री बेन्जामित नेतान्याहुको सरकार ढलेको छ । बजेट निर्धारित मितिमा पारित गर्ने विषयमा गठबन्धन सरकारमा रहेका दुई दलबीच विवाद हुंदा नेतान्याहुको सरकार ढलेको हो । यससंगै इजरायलमा २ वर्षमा चौथो पटक निर्वाचन गर्ने परिस्थिति सिर्जना भएको छ । इजरायलमा आगामी मार्च २३ मा आमचुनाव गर्ने तयारी छ ।

प्रधानमन्त्री नेतान्याहुलाई ब्लु एण्ड ह्वाइटका नेता बेनी गान्जले समर्थन गरेपछि ७ महिना पहिले उनको सरकार बनेको थियो । दुवै नेताले सरकार ढल्नुमा एक अर्कालाई जिम्मेवार रहेको आरोप लगाएका छन् ।

नेतान्याहुले सुरुमा १८ महिना प्रधानमन्त्री चलाउने र त्यसपछि ब्लु एण्ड ह्वाइटका नेता गान्जलाई दिने सहमति भएको थियो। तर मंगलबार रातिसम्म बजेट पारित नभएपछि त्यहांको संविधानअनुसार उनको सरकार ढलेको हो ।

इजरायलमा चुनावमा जानुपर्ने स्थिति सिर्जना भएसंगै दुई वर्षमा चार पटक चुनाव हुन लागेको हो ।जसलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ । कोरोना भाइरसको महामारीमा पटक पटक निर्वाचन हुनु दुखद विषय भएको धेरैको भनाई छ ।

नेतान्याहुमाथि आर्थिक स्थिरता र अर्थ व्यवस्थाको पुनस्र्थापना सुनिश्चित गर्नुको साटो देशलाई अनिश्चिततातर्फ लैजान व्यस्त रहेको आरोप लागेको छ ।

गत अप्रिलमा लु एण्ड ह्वाइट पार्टी नेतान्याहुको सरकारमा सामेल भएको थियो । नेतान्याहुमाथी भ्रष्टाचारको अभियोगको लागेको थियो । तर, त्यसलाई उनले अस्विकार गर्दै आएका थिए । उनीविरुद्ध इजरायलमा सडकमा समेत आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement