सांसदको लोगोको मूल्य ५५ सय !


काठमाण्डु – संघीय संसदले नयाँ लोगो तयार पारेको छ । आइतबार नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका छन् ।

लोगोमा दुई लाल सुनको जलप, एक तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । एउटा लोगो बनाउन ५५ सय २७ रुपैयाँ खर्च लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement