निगमको चिनियाँ वाई–१२ का एकमात्र पाइलटले दिए राजिनामा


काठमाडौं – नेपाल वायुसेवा निगमको प्रशिक्षक पाइलट (आईपी) आङनुरी शेर्पाले राजीनामा दिएका छन् । शेर्पा चिनियाँ वाई–१२ जहाजका एक मात्र प्रशिक्षक पाइलट हुन् ।

२१ पटक राजीनामा र १७ पटकसम्म तलब वृद्धिको ‘बार्गे्निङ’ गर्दै आएका शेर्पा आइतबार राजीनामा बुझाएर अमेरिका गएका हुन् । शेर्पा अमेरिकाकै स्थायी बासिन्दा हुन् ।

आइतबार शेर्पाले निगमको अपरेसन विभागमा राजीनामा बुझाएर सोमबार नै अमेरिका गएको निगम स्रोतले जनाएको छ ।

स्रोतका अनुसार शेर्पाले २१ पटकसम्म राजीनामा दिँदा पनि निगमको अपरेसन विभागले अस्वीकार गर्दै आएको थियो तर २२औँ राजीनामा भने निगमले बुझेको छ ।

राजीनामा बुझेपछि अपरेसन विभागले मानव संसाधन विभागमा शेर्पालाई दिनुपर्ने बाँकी रकम भुक्तानी र राजीनामा स्वीकृतिका लागि भन्दै पत्र ‘फरवार्ड’ गरेको छ ।

सुरुवाती चरणमा एक लाख ८० हजार तलबमा काम सुरु गरेका शेर्पाले पछिल्लो समय १० लाख तलब बुझ्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement