नवनियुक्त रक्षा सचिव शर्माले गरे जङ्गी अड्डाको निरीक्षण


काठमाण्डु –  रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्माले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षा सचिव शर्माले सोमबार जंगी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् ।

रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै, उक्त कार्यक्रम पूर्व उनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement