रुपन्देहीमा गोली चल्यो, प्रहरी अलर्ट


काठमाडौँ— रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेकालाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको जनाएको छ।

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार उनघटनामा नेपाल प्रहरीका ३ जना घाइते भएका छन् । एक जना भारतीय पक्राउ परेका छन्, भने अर्का घाइते भएका छन्।

पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी रहेको र उनको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सुरक्षा कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement