चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणत्र पेश


काठमाडाैं—राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार नेपालका लागि विभिन्न चार मुलुकका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

ग्वाटेमालाका राजदूत गोइभानी रेने कास्टिलो पोनान्को, बेल्जियमका फ्रान्सिस डेल्धुये, इरानका अली चेगेनी र अजरबैजानका अस्ररफ शिखालियभले आ–आफ्नो प्रमाणपत्र पेश गरेका हुन्।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्डका लागि नेपालका आवासीय राजदूतमा नियुक्त गणेशप्रसाद ढकालले आज पद तथा गोपनीयताको सपथ लिएका छन्

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement