विद्युत प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको उद्घाेष


काठमाडाैँ—ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने उद्घोष गरेका छन्।

प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा शनिबार आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताएका हुन्।

संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको उनले बताए।
प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गरे।

सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गरे।

प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पु¥याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस
Advertisement