स्वीट्जरल्याण्ड भ्रमणकाे उपलब्धीबारे राष्ट्रपतिलाई जानकारी गराए प्रधानमन्त्रीले


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर आफ्नो स्वीट्जरल्याण्ड भ्रमणकाे बारेमा जानकारी गराएका छन्।

साता लामो स्वीट्जरल्याण्ड भ्रमणबाट शनिवार मात्र फर्किएका प्रधानमन्त्री ओलीले  राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपतिसँग भेट गरेर

स्वीट्जरल्याण्ड भ्रमणको बारेमा जानकारी गराएका थिए।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीकाअनुसार स्विजरल्याण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्विजरल्याण्डसँग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भएको जानकारी गराइयाेे।

प्रधानमन्त्री ओलीले आफ्नाे भ्रमणले विश्व परिवेशमा नेपालको सान्दर्भिकता झल्काउन महत्वपूर्ण भूमिका खेलेको भेटका क्रममा राष्ट्रपतिलाई बताएका थिए।

राष्ट्रपतिसँगको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement