नेशनल इण्टेलिजेन्सको निर्देशकमा जोन रैटक्लिफको नाम अनुमोदन


एजेन्सी–अमेरिकी खुफिया संस्था नेशनल इण्टेलिजेन्सको निर्देशकमा जोन रैटक्लिफ नियुक्त भएका छन् । अमेरिकी सीनेटले विहिवार राष्ट्रपति डोनाल्ड ट्रम्पका अत्यन्त निकट रैटक्लिफको नाम अनुमोदन गरेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको एक महिना लामो प्रयासपछी उनको नियुक्ती भएको हो । इन्टेलिजेन्सको पृष्ठभुमि नभएका रैटक्लिफको अनुभवलाई लिएर चिन्ता जताइएको थियो । ५४ वर्षिय रैटक्लिफ २०१४ मा टेक्सासवाट कांग्रेसमा निर्वाचित भएका थिए । अमेरिकी राष्ट्रपतिले उनलाई जुलाई २०१९ मा खुफिया संस्थाको प्रमुखमा उनको नाम सिफारीस गरेका थिए । तर, रिपब्लिकन सांसदहरुले नै विरोध गरेपछि उनको नियुक्तीको सिफारीस फिर्ता भएको थियो ।

उनलाई राष्ट्रपति ट्रम्पको कट्टर समर्थक कांग्रेसम्यानको रुपमा लिने गरिएको छ । कानुनी पृष्ठुभमि भएका रैटक्लिफले एफबिआईलगायतका अमेरिकी खुफिया एजेन्सीको भुमिकालाई लिएर आलोचना समेत गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement