एनआईसी बैंककोे डेबिट-क्रेडिट कार्ड भारतका बैंकका एटीएममा सञ्चालन हुने


काठमाडौं– एन आई सी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा असोज १८ देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको छ ।

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजारका दरले अधिकतम ६० हजार रकमसम्म झिक्न सकिन्छ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भा. १० हजारका दरले अधिकतम भा. १५ हजार रुपैयाँसम्म झिक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement