एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक


काठमाडौं- एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. २०७६-७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । विश्वव्यापी महामारी कोभिड–१९ को कारण सृर्जित असहज परिस्थितिको बाबजुद वित्तीय संस्थाले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ५८%  ७ करोड १६ लाखले वृद्धि गरी १९ करोड ४८ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ५६.४३% (रू. ४ करोड ४३ लाख) को वृद्धि सहित रू. १२ करोड २७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. ७ करोड ८४ लाख रहेको थियो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कुल कर्जा दोश्रो त्रैमासको भन्दा रू १ अर्ब ८८ करोड वृद्धि गरी रू. ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ, जुन गत आ.व.को तेश्रो त्रैमासको भन्दा ३ अर्ब ५ करोडले बढि हो र बचत संकलनतर्फ रू.२२ करोडले वृद्धि गरी रू. १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ, जुन गत आ.व.को तेश्रो त्रैमासको भन्दा ५६ करोडले बढि हो ।

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाले आफ्नो निश्कृय कर्जा अनुपातमा सुधार ल्याई ०.३२ % मा कायम राख्न सफल भएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको ३.% ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नु बुझाउनुपर्ने सम्पूर्ण रकम जेष्ठ मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा हर्जाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुने भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास वित्तीय संस्थाले लिएको छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले रु ४७ करोड ५५ लाख बराबरको प्राथमिक सर्वसाधारण शेयर निष्काशन निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement