काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयमा सहसचिव विनोद कुवरले नेतृत्व गर्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले हाल स्वास्थ्यमन्त्रालयमा कार्यरत सहसचिव विनोद कुवरलाई दिएका छन् ।
उनको टिममा उपसचिव विष्णु सुवेदी र शाखा अधिकृत रोशन राई रहेका छन् । प्रधानमन्त्री ओलीले स्वकिय सचिवमा राजेश ब्रजचार्य, प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा पूर्व अर्थमन्त्री युवराज खतिवडालाई जिम्मेवारी दिइसकेका छन् ।
प्रधानमन्त्रीले अहिलेसम्म जनसम्पर्क, विदेश र प्रेस सल्लाहकार भने नियुक्त गरेका छैनन् । प्रधानमन्त्रीको प्रेस विज्ञमा रामशरण वजगाईलाई जिम्मेवारी दिइसकेका छन् ।
प्रतिक्रिया