देहरादूनमा विद्यार्थी कुट्नेलाई कारबाही गर्न आवश्यक कदम चालियोः राजदूत आचार्य


काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले देहरादूनमा नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

शुक्रबार ट्वीटरमार्फत उक्त घटनाबारे जानकारी दिँदै राजदूत आचार्यले घटनाबारे दूतावास सक्रिय रुपमा लागिरहेको र पीडितलाई न्याय दिने काममा सक्रिय रहेको बताएका छन् ।

‘यसमा दूतावास घटनाको जानकारी भएदेखि सक्रिय रहेको छ । कुटपीट गर्ने अध्यापकलाई कारबाहीका लागि र फर्कन चाहने विद्यार्थीलाई सुरक्षित फर्काउनका लागि आधिकारिक एवं सहयोगी संस्था र व्यक्तिहरूको सक्रियतामा आवश्यक कदम चालिएका छन् । केही अभिभावकसंग संपर्क र कुरा भएको छ । समस्या समाधान उन्मुख छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement