पूर्वप्रमुख निर्वाचन अायुक्त नीलकण्ठ उप्रेतीकाे राजदूत हुने बाटाे बन्द हुँदै


काठमाडौं- मुख्य सचिव लाेकदर्शन रेग्मीले भारतका लागि राजदूत सिफारिस गरिएका पूर्वप्रमुख निर्वाचन अायुक्त नीलकण्ठ उप्रेतीकाे प्रमाणीकरण प्रक्रिया राेकेका खुलासा भएकाे छ । उनले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अादेशकै अाधारमा उप्रेतीकाे प्रमाणीकरण अघि नबढाएका हुन् ।

उप्रेती प्रधानमन्त्री अाेलीकाे ठाडाे ताेककाे अाधारमा राजदूतमा सिफारिस गरिएकाे भन्दै चर्काे अालाेचना भएकाे छ । मुख्य सचिव रेग्मीले पनि यसैलार्इ कारण बनाएकाे स्राेतले बताएकाे छ । सवैधानिक निकायमा काम गरेकाे व्यक्तिलार्इ राजदूत सिफारिस गरिएकाे भन्दै राजनीतिक तहमा विवाद भएकाे छ ।

सरकारले असार ३२ गते उप्रेतीलार्इ भारतका लागि राजदूत बनाउने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई सिफारिस गरेका थिए । मन्त्रीबाट सिफारिस भए पनि मुख्य सचिव रेग्मीले आजसम्म प्रमाणीकरण गरेका छैनन् । यही कारणा उनकाे राजदूत हुने बाटाे करिब बन्द भएकाे स्राेतकाे दाबी छ । उप्रेतीको नियुक्ती संविधानविपरित भएको भन्दै उनको नियुक्ति खारेज गर्न सर्वत्र आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement