ब्राजिलका लागि निर्मलराज काफ्ले राजदूतमा नियुक्त


काठमाण्डु – निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् ।

 आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनी यसअघि परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement