निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त

निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त


काठमाण्डु–नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

न्याय परिषद्‌को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका हुन् ।

निरौला उच्च अदालत पाटनमा मुख्य न्यायाधीश थिए भने पाण्डेय उच्च अदालत तुलसीपुरमा कार्यरत थिए ।