निर्मला पन्त हत्या काण्ड : एक भारतीय नागरिक पक्राउ


काठमाण्डु – कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले शंकास्पद भारतीय नागरिक निकार अलीलाई पक्राउ गरेर नेपाल ल्याएको हो ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ ।

शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरी स्रोतले जानकारी दियो ।

निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement