निर्मला हत्या प्रकरण :डीएसपी सेठ्ठीसहित ६ जना पक्राउ

निर्मला हत्या प्रकरण :डीएसपी सेठ्ठीसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको घटनामा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा प्रहरी अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको मुद्दा दर्ता भएको थियो ।

यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्हरीले जनाएको छ । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख ९एसपी० विष्ट चाहिँ पक्राउ परेका छैनन् । गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका– २, की निर्मला पन्तको अर्को दिन साथीको घरको नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। घटनाको छानविन गर्न गठित विभिन्न समितिहरुले तत्कालिन प्रहरी नेतृत्वले चरम लापरबाही गरेका ठहर गरेको थियो।