निर्मला पन्तको पोस्टर अब मोटरसाइकल र ज्याकेटमा


काठमाडौं – कञ्चनपुरकी १३ नाबालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै स्वतन्त्र युवाहरुले आफ्नो ज्याकेट व्याग र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् ।

बिजुलीको पोलमा टाँसेका पोस्टर प्रहरीले च्यातेर फाल्न थालेपछि युवाहरुले ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो ।

स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ । युवाहरुले यस्तो तस्वीर अंकित स्टिकर आआफ्नो ब्याग, ज्याकेट र गाडीमा टाँस्न अरुलाई पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement