तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न माग


काठमाण्डु- स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । सोमबार संयुक्त विज्ञप्ती निकाल्दै तीन संगठनले ‘संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहिन स्थानीय तहको परिकल्पना गरेको छैन’ भन्दै तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन् ।

७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न उनीहरुले सरकारसँग माग गरेका छन् । ‘स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिने भएकोले दोस्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

समयमा निर्वाचन हुन नसके संवैधानिक संकट आउने र वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्नेलगायतमा असर पर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement