नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु


काठमाण्डु – कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो ।

अस्पतालको सीसीयूमा राखी लगातार उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

तर लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement