वाम सरकारको नीति तथा कार्यक्रममा यसरी समेटियो शान्ति, सुरक्षा र परराष्ट्र नीति


काठमाडौं– सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमा आन्तरिक तथा बाह्य सुरक्षालाई पनि समेटिएको छ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा मुलुकमा शान्तिसुरक्षाको विश्वसनीय वातावरण निर्माणका साथै नागरिकको जनधन, मौलिक स्वतन्त्रता र व्यावसायको सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने उल्लेख छ

नीति अनुसार राष्ट्रिय सुरक्षा र प्रतिरक्षासम्बन्धी नीतिगत, कानुनी र संस्थागत व्यवस्था मिलाइने भएको छ ।

त्यसैगरी कुनै पनि नागरिकले देशभित्र जुनसुकै स्थानमा जुनसुकै समयमा भयरहित वातावरणमा काम गर्न सक्ने सुरक्षाको प्रत्याभूति गराइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
Advertisement