वैदेशीक रोजगारबाट फिरेका युवालाई एनएमबी बैंक अफरः १० लाखसम्म ऋण दिने

वैदेशीक रोजगारबाट फिरेका युवालाई एनएमबी बैंक अफरः १० लाखसम्म ऋण दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— एनएमबी बैंकले ले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम सञ्चालनका लागि ऋण दिने भएको छ।

वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशकै रोजगारीको अवसर सृजना हुने गरी उद्यम संचालनका लागि एनएमबी ले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको हो ।

मंगलबार काठमाडौंमा सो बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भयो।

विदेशमा विभिन्न दुःखकष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी गरिएको एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए। बैंकले तत्कालका लागि परियोजना धितोमा १ अरवसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष गोल्यानले सो कर्जा माग र आवश्यक्ताको आधारमा थप गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुले सिकेको सीपको आधारमा उद्योगमा लगानी गर्न सो कर्जा प्रवाह हुनेछ ।

समझदारी अनुसार ती युवाहरुलाई राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माईग्रेन्ट नेपालले उद्यम संचालनका लागि आवश्यक तालिम पनि दिनेछ । स्वदेशमै रोजगारीको अवसर सृजना गरी युवाहरुलाई उत्पादनको काममा जोड्न सो कर्जा प्रवाह कार्यक्रम संचालन गर्ने समझदारी गरिएको पनि एनएमबी बैंकका अध्यक्ष गोल्यानले बताए ।