तनावग्रस्त बन्यो नयाँ बानेश्वर क्षेत्र (फोटोफिचर)


काठमाण्डु – एमसीसीको विरुद्धमा नेकपा माओावदी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत राजनीतिक दलले राजधानीमा प्रदर्शन गरेका छन् ।

सरकारले आज १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि विभिन्न विद्यार्थी संगठन, भातृ संगठन लगायत राजनीतिक दलहरुले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडप भएको छ ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा झडप भएको हो । स्थितीलाई नियन्त्रणमा पलन प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा प्रहार गरेको थियो । सो क्रममा प्रहरीले विभिन्न राजनीतिक दलका १२० जना भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैनलगायत नारा लगाएका थिए ।

प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका हुन् । एमसीसी संसदमा पेश गरिए सरकार छाड्ने माओवादी केन्द्रको चेतावनीपछि आजको बैठकमा एमसीसी पेश हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement