कोरोना भाइरसबाट उत्तर कोरियामा २०० जना सेनाको मृत्यु


एजेन्सी – सयौको संख्यामा उत्तर कोरियाली सेनाको कोरोनाभाइरसबाट ज्यान गएको र अन्य हजारौलाई क्वारेन्टाइनमा राखिएको बिजनेस इनसाइडलरले जनाएको छ ।

तर अन्यका लागि गोप्यन रहेको यो मुलुकका नेता विश्वव्यापी महामारी आफ्नो मुलुकमा प्रवेश नगरेको आधिकारिक भनाईलाई जोड दिँदै आएका छन् ।

एक दक्षिण कोरियाली समाचार संस्था डेली एनकेले कोभिड–१९ भाइरसले जनवरी र फेब्रुअरीमा १८० उत्तर कोरियाली सेनाको मृत्यु भएको र अन्य ३७०० लाई क्वारेन्टाइनमा राखिएको उल्लेख गरेको छ ।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले कोरोनाभाइरसको त्रासका कारण १०,००० मानिसलाई क्वारेन्टाइमा राखेको तर लक्षण नदेखिएकाले झन्डै ४००० लाई मुक्त गरेको उल्लेख गरेको छ ।

तर विश्व समुदायबाट बन्द जस्तै रहेको उत्तर कोरियाली सरकारको लाइन परिवर्तन भएको छैन । यसले देशमा पैmलिएको कोरोनाको बारेमा पारदर्शी सूचना जारी गर्ने गरेको छैन ।

यो संक्रमणको रोग आफ्नो मुलुकमा हालसम्म पनि विस्तार नभएको उत्तर कोरियाली सरकार नियन्त्रित रोडाङ अखबारले सोमबार जनाएको न्यूजविकले प्रकाशित गरेको छ ।

सोमबारसम्म विश्वभरी गरेर कोरोनाभाइरसले १ लाख १० हजार मानिससलाई संक्रमित पारिसकेको छ र ४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement