ऐन नै संशोधन गरेर प्रहरीमा पांच एआईजीको दरबन्दी थप्ने तयारीमा देउवा सरकार


काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर बहादुर देउवा नेतृत्वको सरकारले प्रहरीमा एआईजीको संख्या थप्ने तयारी गरेको छ । सरकारले ‘संगठन तथा व्यवस्थापन सर्भे’ गरेर ५ एआईजीको दरवन्दी प्रस्ताव गर्न लागेको हो । हाल प्रहरीमा ५ एआईजीको दरबन्दी रहेको छ । पांच एआईजीको दरबन्दी थप भएसंगै प्रहरीमा एआईजीको संख्या १० पुग्नेछ ।

ओली नेतृत्वको सरकारले ओएनएम नगरी दुई जना एआईजीको दरबन्दी थप गरेको थियो । यसअघि देउवा नै प्रधानमन्त्री हुंदा प्रहरीमा एआईजीको संख्या १६ पुर्याइएको थियो ।

प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी सम्बन्धी समायोजन ऐन संशोधन गरेर प्रदेशमा एआईजीको दरवन्दी थप गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयमा एक, प्रदेशमा सात, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक, महानगरीय प्रहरी कार्यालयमा एक गरी १० जना एआईजी राख्ने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement