दाहाल-देउवा टेलिफोन वार्ता : आजै एनपी साउंदले परराष्ट्रमन्त्रीको सपथ लिने


काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय सदस्य एनपी साउंदलाई मन्त्रीका रुपमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुन लागेको भारत भ्रमणलाई मध्यनजर गरेर साउंदलाई आज दिउंसो परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

कंचनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित साउंद स्वास्थ्यमा जाने प्रयासमा भएपनि उनलाई अहिले परराष्ट्रमा पठाउन सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई नाम दिएका हुन् । दुवै नेताबीच शुक्रवार सांझ टेलिफोन वार्ता भएको थियो ।

टेलिफोन वार्ताको क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा परराष्ट्रमन्त्री नहुंदा गलत सन्देश जाने भन्दै नाम दिन आग्रह गरेका थिए । तर, देउवा उपनिर्वाचनपछि मात्र सपथ गराउने पक्षमा छन् । उनि तत्काल परराष्ट्रमन्त्ती बनाउन भने सहमत भएको स्रोत बताउंछ ।

नेपाली कांग्रेसभित्र भागबण्डा नमिलेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवालाई सबै नाम दिन शुक्रवार पनि आग्रह गरेको स्रोत बताउंछ ।

कांग्रेसमा नेता शेखर कोइरालालाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएपनि कोइराला र महामन्त्री थापाबीच समेत कुरा मिलेको छैन् । कांग्रेसलाई परेको भागमा स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा धनराज गुरुङको लगभग निश्चित भइसकेको छ ।

नेताहरु सुरेन्द्र आचार्य, डिकबहादुर लिम्बुले खानेपानी र वन र मैना रावल कार्कीले शहरी राज्यमन्त्री पाउने भएकी छन् । नेता कोइरालाले प्रधानमन्त्री दाहालसंग वन मन्त्रालय दिन आग्रह गरेको स्रोत बताउंछ ।

महामन्त्री थापाले प्रदीप पौडेललाई मन्त्री बनाउन खोजेपनि नेता कोइराला उनको नाममा सकरात्मक छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement