प्रहरीमा ४ महिला अधिकृत डिआईजी बढुवामा सिफारिस भएसंगै बने आईजीपीको दावेदार


काठमाण्डु – नेपाल प्रहरीको डिआईजी बढुवामा चार जना महिला अधिकृत एकै साथ बढुवा सिफारिस भएका छन् । बढुवा हुनेमा किरण बज्रचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा छिन् ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बुधबार राति बसेको बढुवा समितिको बैठकले उनिहरुलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । समितिले चार महिलासहित १७ डीआईजी पदमा बढुवाका लागि सिफारिस छ ।

बढुवामा बज्राचार्य छैठौं नम्बरमा ,चौधरी नवौं, सिंह १६ औं र १७ नम्बरमा राणा सिफारिस भएकी छिन् । उनीहरु २०५१ सालमा एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।

हालका आईजीपी धिरजप्रताप सिंहपछी यही ब्याचबाट प्रहरी महानिरीक्षक बन्नेछ । नेपाल प्रहरीमा अहिले पूजा सिंह एआईजी छन् । यसअघि पार्वती थापा र बिमला थापा नेपाल प्रहरीमा डीआईजी बन्न सफल भएकी थिईन ।

अहिले बढुवा भएका चारै जनाबाट एक जना महानिरीक्षक बने नेपाल प्रहरीमा इतिहास बन्नेछ । तर, वरियतामा उनिहरु पछी रहेकाले त्यो सम्भावना भने कम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement