परराष्ट्रमन्त्री साउंदको अभिव्यक्तिको सर्वत्र विरोध


काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउंदको अभिव्यक्ति बिवादित बनेको छ । शुक्रबार भारतीय टेलिभिजन च्यानल ‘आजतक’ मा पत्रकार गिता मोहनसँग कुरा गर्दै उनले भारतले नयां संसद भवनमा राखेको अखण्ड नक्साबारे आफु र सरकारलाई जानकारी नभएको अभिव्यक्ति दिएपछि नेपालमा त्यसको विरोध सुरु भएको छ ।

दुवै देशका प्रधानमन्त्रीको भेटवार्तामा यो विषयमा छलफल भएको छ कि छैन भन्ने प्रश्नमा उनले यो एक मुरल भएको भन्दै त्यसमा नेपालले कुराकानी गर्न आवश्यक नभएको समेत बताए ।

परराष्ट्रमन्त्री साउंदले अन्र्तवार्तामा भनेका छन् ‘ अखण्ड भारतको नक्सा बारेमा मलाई कुनै जानकारी छैन । जानकारी नै नभएको कुरामा प्रधानमन्त्रीको भेटमा छलफल हुने कुरा भएन । ’

उनले अखण्ड भारतको नक्साको विषय फेसबुकमा आएको भन्दै त्यसमा गम्भिरता देखाएनन् । उनले नेपालको सिमाको कुरा आवश्यक नभएको समेत बताए । साउंदको अभिव्यक्तिको सामाजिक संजालमा चर्को विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement