हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन् ।

गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित १ हजार २०० जनाले इजरायलमा ज्यान गुमाएका थिए ।

आतंकवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मतिमा काठमाण्डुस्थित इजरायली राजदूतावासले सोमबार आयोजना गरेको स्मृति सभामा उनले आतंकवादका जुनसुकै रूप र त्यसका प्रकटीकरणको नेपाल निन्दा गर्ने बताए । उनले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड दिए ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि १०१ मानिस रहेका तथा उनीहरूको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमसको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सम्झिने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘तपाईंका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरू इजरायली परिवारका सदस्य हुनुभयो । हामी तपाईंहरुलाई निरन्तर सहयोग गर्छाैं ।’