नेपाल प्रहरीमा १६ जना एसएसपी डिआईजी बढुवाका लागी सिफारीस


काठमाडौं– नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवाका लागी सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितीले सोमबार सांझ एसएसपीबाट डिआईजी बढुवाका लागी सिफारीस गरेको हो ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिका सदस्य सचिव एआईजी दिनेश चन्द्र पोखरेलद्धारा हस्ताक्षरित पत्रमा बढुवाको पहिलो नम्बरमा एसएसपी केदार रिजाल परेका छन् ।

डिआईजी बढुवामा एसएसपीहरु शेरबहादुर बस्नेत,पिताम्बर अधिकारी,दिपक कुमार थापा, नारायणसिंह खड्का र दिनेश अमात्यलगायत सिफारीस भएका छन् ।  नेपाल प्रहरीमा २४ डीआइजीको दरबन्दी रहेतापनि सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस अगाडीको सरकारले जबर्जस्ती थप गरेको ८ डीआइजीको दरबन्दी कटौती गरेको छ।

 

यसअगाडी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक भागबण्डाको लागि जथाभावी थपेको दरबन्दी कटौती गरेसंगै रिक्त १६ डीआइजी पदमा बढुवाको लागि सिफारिस गरिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement