काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले जीत हात पारेको छ ।
काठमाण्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै लगातार तेस्रो जीत हात पारेको छ ।
काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४५ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
दोस्रो सिजन च्याम्पियन बन्दा लगातार ६ खेल जितेको लुम्बिनी चालु सिजनका सुरुवाती ४ खेलमा अपराजित थियो । हारका बाबजुत पनि लुम्बिनी ५ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ ।
पहिलो खेल हारे पनि लगातार ३ जीत हात पारेको काठमाण्डु ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलबाट सुदूरपश्चिम रोयल्सको समान ६ अंक भए पनि काठमाण्डु रनरेटमा अगाडि रहेको छ ।


प्रतिक्रिया