काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि भइरहेको भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५.४ ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ५४ रन बनाएको छ ।
सुदूरपश्चिमका ओपनर जर्ज मुन्से २२ बलमा ३८ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिइरहेका विनोद भण्डारीले १२ बलमा १४ रन बनाएका छन् ।
सुदूरपश्चिमलाई उपाधि जित्न अब ८६ बलमा १०२ रन आवश्यक छ । लुम्बिनीका बलरहरूले सुरुवाती ओभरमा विकेट लिन सकेका छैनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीले सुदूरपश्चिमसामु उपाधिका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।



प्रतिक्रिया