काठमाण्डु– जारी एनपीएलमा कर्णाली याक्सले खाता खोलेको छ । भर्खरै सकिएको खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले हराएको हो ।
विराटनगरले दिएको १८६ रनको लक्ष्य पछ्याएको कर्णालीले १ वल बाँकी रहदै ६ विकेट गुमाएर १८७ रन बनायाे ।
कर्णालीका लागि सोमपाल कामीले ६०, पवन सराफले ३६,दिपक डुम्रेले २०, आरिफुल इस्लामले ३२ र गुलसन झाले २८ रन जोडे ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।
विराटनगरका लागि लोकेशले ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडे ।
यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रन जोडे भने शेहान जयसूर्या ११ रनमा आउट भए ।
कर्णालीका लागि सोमपाल कामीले ४, मार्क वाट्टले एक विकेट लिए ।


प्रतिक्रिया