भूकम्पपीडितका घर बनाउन थप ११ अर्ब अख्तियारी


काठमाडौं– भूकम्प प्रभावित जिल्लामा अनुदान वितरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ११ अर्बको अख्तियारी दिएको छ।

भूूकम्पपीडितका निजी घर पुनर्निर्माणका निम्ति प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी दिएको हो।

भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माण भइरहेका बेला प्राधिकरणले थप रकमको अख्तियारी दिएको हो।

जिल्लाबाट अनुदान मागको धेरै बढ्न सक्ने हुनाले थप ५ अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए।

२ लाख ९१ हजार ८ सय ९५ घर निर्माण भइरहेका छन्। दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement