नेविसंघको आन्दोलनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कामकाज प्रभावित


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तालबन्दीका कारण त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कामकाज प्रभावित भएको छ ।

शिक्षक र कर्मचारीको छनोट प्रक्रियामा अपारदर्शिता र अनियमितता भएको आरोप लगाउँदै नेविसंघले गरेको तालाबन्दीका कारण आयोगको काम प्रभावित भएको हो ।

नेविसंघको आन्दोलनका कारण उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकको अन्तर्वार्ता समेत रोकिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेविसंघका कारण आयोगको काम प्रभावित भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement