नेपालमा प्रेस स्वतन्त्रता विरोधी कानुन बनेकोमा आईएफजेको चासो


काठमाडौं – अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेले नेपालमा प्रेस स्वतन्त्रता विरोधी कानुन बनेको भन्दै चासो व्यक्त गरेको छ । आईएफजेले मंगलबार एक विज्ञप्ति जारी गर्दै भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन (संहिता) ले प्रेस स्वतन्त्रतालाई खण्डित गरेको भन्दै चासो व्यक्त गरेको हो ।

५५ वर्ष पुरानो नियमलाई परिमार्जित गर्दै ल्याइएको नयाँ कानुनका केही नियमहरु प्रेस स्वतन्त्रता विरोधी रहेको आईएफजेले बताएको छ । कुनै मानिससँगको कुराकानी रेकर्ड गर्न, फोटो खिच्न, निजी विवरणहरु सार्वजनिक गर्न, फोटोहरु बिक्री गर्नेलगायतका सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्ने व्यवस्था गरिएकोले सो व्यवस्था नेपालको नयाँ कानुनमा गरिएको आईएफजेले उल्लेख गरेको छ ।

आईएफजेको विवरणमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यो व्यवस्थामा रहेर अहिले ८० भन्दा बढी पत्रकारहरुले समाचार लेखेकै आधारमा विभिन्न मुद्दाहरुको सामना गरिरहेको बताएको विवरणमा उल्लेख छ । सरकारको यो निर्णयले नेपाल प्रेस युनियन, पत्रकार महासंघ लगायतका संस्थाहरुले पनि विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement