काठमाण्डु– नेपाली कांग्रेसबाट निर्वाचित २ वडाध्यक्षको पद गुमेको छ । गुल्मी मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका ३ का पद्मबहादुर विष्टको पद गएको हो ।
दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतस् रिक्त हुने व्यवस्था छ ।
निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो ।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनताका उनीहरु रास्वपामा प्रवेश गरेका थिए।





प्रतिक्रिया