छतबाट खसेर वडा सदस्यको मृत्यु


बाँके- बाँककोे डुडुवा गाउँपालिका वडा नं ३ का वडासदस्य तथा गाउँसभा सदस्य अलिउल्ला खाँको छतबाट खसेर मृत्यु भएको छ ।

४२ वर्षीय खाँको मंगलबार राति ९ बजे घरको छतबाट खसेर म‌ृत्यु भएको हो । छतबाट लडेपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

खाँ स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम नेपालबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement