ओखलढुंगाको चम्पादेवीमा एमाले-कांग्रेसबीच झडप, प्रहरीद्धारा ९ राउण्ड हवाई फायर


काठमाण्डु – कांग्रेस र एमालेका बुथ प्रतिनिधी बिच विवाद हुँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ९, विलन्दुमा झडप भएको छ ।

अशक्त व्यक्तिको मतदानको विषयमा विवाद हुँदा चम्पादेवी गाउँपालिकाको वडा नं. ९ विलन्दु, मिश्र भन्ज्याङमा रहेको जीवनज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा झडप हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । स्थानीय जेष्ठ नागरिक नरबहादुर श्रेष्ठले दिने मत आफैले दिन नसकेपछि कसले मत हालिदिने भन्ने विषयमा विवाद सुरु भएको थियो ।

श्रेष्ठको भोट हाल्न उनका छोरा गएका थिए । तर छोराको मतदाता परिचयपत्र नभएपछि नातिले श्रेष्ठको भोट हाल्न गएका थिए ।
नरबहादुरका छोरा कांग्रेसको समर्थक र नाति एमालेको समर्थक हुँदा मतदान स्थलमा रहेका कांग्रेस र एमालेका बुथ प्रतिनिधी बिच विवाद सुरुवात भएको थियो ।

विवाद बढ्दै जाँदा झडप भएको ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले बताए । झडपका क्रममा मतदान स्थलमा दलका नेता तथा कार्यकर्ता पसेर तोडफोड गर्न थालेपछि मतदान सामाग्रीको सुरक्षाका लागि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement