सिस्नेरीबाट ओखलढुंगा हिडेको जिप मानेभञ्ज्याङमा दुर्घटना, ९ जना घाइते


ओखलढुंगा – सुनकोसी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको जीप ओखलढुंगाको मानेभञ्ज्याङमा दुर्घटना हुँदा  ९ जना घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

स १ ज १८१२ नम्बरको बोलेरो जिपमा सवार सुनकोसी गाउँपालिका वडा नं. ३ का ४५ वर्षीय हिरा थापा, मानेभञ्ज्याङ गाउँपालिका–६ का ४२ वर्षीया मनकुमारी आले मगर, १० वर्षीय बालक दिनेश श्रेष्ठ, २९ वर्षीया भव माया श्रेष्ठ, चन्द्रबहादुर आले मगर घाइते भएका छन् ।

त्यस्तै सुनकोसी गाउँपालिका वडा नं. ३ का हरि खड्का, रस्मिता थापा, २५ वर्षीय तेलीकुमारी श्रेष्ठ र मानेभञ्ज्याङ गाउँपालिका–५ उदयपुरका कालीमाया राई रहेका छन् । राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा हिरा थापाको हात भाँचिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ ।

सडकमा गुडिरहेको जिप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement